
काठमाडौं, २ चैत– नेपाल क्रेडिट एण्ट कमर्श बैंकका ४० भन्दा धेरै कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सीआइबी)ले बैंकको केन्द्रीय कार्यालय बागबाजरमा शुक्रबार बोर्ड बैठक बसिरहेका ४० भन्दा बढी उच्च अधिकारीलाई नियन्त्रणमा लिएको हो ।
विभिन्न प्रकरणमा वैंकिङ कसूर गरेको अभियोगमा शुक्रबार एनसीसी बैंकका कर्मचारी पक्राउ गरिएको सीआइबीका प्रवक्ता मिरा चौधरीले जानकारी दिइन् ।
एनसीसी बैंकसँग गाभिएको एपेक्स विकास बैंकका विभन्न शाखाका कर्मचारीलाई पक्राउ गरिएको जनाइएको छ ।