२२ जेठ २०८३, शुक्रबार

महिन्द्राको स्पेयर पार्ट बिक्री केन्द्र वीरगञ्जमा

महिन्द्राको स्पेयर पार्ट बिक्री केन्द्र वीरगञ्जमा

काठमाडौं, २ चैत-  अग्नि ग्रुपले वीरगञ्जमाहालै पि डि आई ( प्रि डेलिभरी इन्स्पेक्शन) सेन्टरतथा स्पेयर पार्ट बिक्री केन्द्रको स्थापना गरेको छ । महिन्द्रा एण्ड महिन्द्रा साउथ एशियाका उपाध्यक्ष इन्टरनेशनल अपरेशन प्रमुख सञ्जय ज्यादभ तथा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले केन्द्रको चैत १ गते सामुहिक रुपमा उद्घाटन गरे ।

पि डि आईसेन्टरको उद्घाटनका क्रममा सञ्जय ज्यादभले महिन्द्रा गाडी प्रतिको आमविश्वास अनि भरोसालाई आत्मसाथ गर्दै कम्पनीले यो केन्द्रको स्थापना गरेको बताए । अर्जुन प्रसाद शर्माले “ग्राहक समक्ष गाडी पु¥याउनु पूर्व नै गाडी पूर्ण रुगुणस्तरीयताको सुनिश्चितता प्रदान गर्ने उल्लेख गरे ।   यस सेन्टरबाट गुण स्तरीयताको १०० प्रतिशत सुनिश्चितता प्राप्त हुनुका साथै गाडीका सम्पूर्ण अवस्थाहरु जस्तैः गाडीको फिनिसिङ्ग, ग्यास, वासर फ्ल्युड, इन्जिनआयल राख्ने जस्ता कार्यहरु गरिनुका साथै बोल्टहरुलाई कस्ने लगायतका कार्यहरु हुनेछन् । 


अग्नि ग्रुपको बारेमा
सन् १९९१ मा नेपालमा स्थापनाभएको अग्नि ग्रुपप्रा.लि अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., अग्निमोटो इन्क प्रा.लि., बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथाविद्युतीयकार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका  छन् । साथै अग्नि ग्रुप कोन्स्टान्ट व्याट्रि तथा केभिन इन्भर्टरको वितरक समेत रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्