२५ असार २०८३, बिहीबार

टर्कीमा आक्रमणको योजना बनाइरहेका ४७ जना पक्राउ

टर्कीमा आक्रमणको योजना बनाइरहेका ४७ जना पक्राउ

आङ्कारा, २ चैत-टर्कीको दक्षिणी भागमा रहेको आदाना प्रान्तको विभिन्न इलाकामा आक्रमणको योजना बनाइरेहका कम्तीमा ४७ व्यक्ति पक्राउ परेका छन् । 

राज्यद्वारा सञ्चालित समाचार समिति आनादुलुले शुक्रबार दिएको जानकारीअनुसार ती व्यक्तिले विभिन्न स्थानमा हिंसात्मक आक्रमण गर्ने योजना बनाएको प्रहरीको भनाइ छ । 

आतङ्कबाद सम्बन्धि उजुरी हेर्न प्रहरीको एक समूहले आदाना प्रान्तको ७३ स्थानमा गरेको छुट्टाछुट्टे कारबाहीको क्रम ती सदिग्ध व्यक्ति पक्राउ परेको सुरक्षा स्रोतले जानकारी दिएको छ । 

कुर्दिस वर्कर पार्टी (पिकेके) को आह्वानमा ती आक्रमणका योजना भइरहेका थिए– एकजना वरिष्ठ प्रहरी अधिकारीले प्रेसलाई जानकारी दिए ।

पक्राउ परेका ती व्यक्तिमा पाँच महिला र १० बालबालिकासमेत रहेका जनाइएको छ । आक्रमणका लागि उनीहरुले बालबालिका पनि प्रयोग गर्ने गरेको खुलासा भएको पनि प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्