१४ असार २०८३, आइतबार

गोकर्ण बिष्टको घोषणा : वैदेशिक रोजगारका सम्बन्धमा व्यवस्थित कार्ययोजना ल्याइने

गोकर्ण बिष्टको घोषणा : वैदेशिक रोजगारका सम्बन्धमा व्यवस्थित कार्ययोजना ल्याइने

काठमाडौं, २ चैत– नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिस्टले वैदेशिक रोजगारमा देखिएको अव्यवस्थित प्रणालीलाई सुधार्नका लागी खटेर काम गर्ने बताएका छन् । 

तत्कालै कुनै निर्णयमा हस्ताक्षर गरेर पदभार ग्रहण गर्नुभन्दा पनि सबै कुरा बुझेर र समय लिएर आफू अघि बढ्ने मन्त्री बिस्टको भनाइ थियो । मन्त्री बिस्टले श्रम, बैदेशिक रोजगार र सामाजिक सुरक्षा को बिषयमा महत्वपूर्ण र तथ्यगत निर्णय लिने दावी गरे । 

शुक्रवार शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै मन्त्री बिस्टले बैदेशिक रोजगारीसँग सम्बन्धित समस्यालाई समाधान गर्न कुनै कानूनी र नीतिगत समस्या नरहने पनि बताए । 

यसअघि उर्जा मन्त्री बनेका बेला बिजुलीको महशुल नतिर्ने ग्राहकको लाइन काटेर चर्चामा आएका बिस्टले यसपटक पनि बैदेशिक राजगारी, श्रम तथा सामाजिक सुरक्षाका क्षेत्रमा देखिने गरी काम गर्ने बताए । 

बैदेशिक रोजगारमा देखिएको समस्यालाई समाधान गर्न व्यवस्थित कार्ययोजना ल्याउने मन्त्री बिष्टले घोषणा गरे ।  
 

salt training

कमेन्ट गर्नुहोस्