०९ असार २०८३, मंगलबार

प्रचण्डकी बुहारी पनि मन्त्री, यी हुन् माओवादीबाट सत्तामा धेरै अवसर पाउने मन्त्री

चैत ३, २०७४
प्रचण्डकी बुहारी पनि मन्त्री, यी हुन् माओवादीबाट सत्तामा धेरै अवसर पाउने मन्त्री

काठमाडौँ, ३ चैत - केपी ओली सरकारमा माओवादीबाट राज्यमन्त्रीसहित ६ मन्त्रीले शपथ लिएका छन् । शक्तिबहादुर बस्नेत वन तथा वातावरण, वर्षमान पुन जलस्रोत तथा ऊर्जा, गिरिराजमणि पोखरेल शिक्षा, विज्ञान प्रविधि, चक्रपाणि खनाल कृषि, भूमि व्यवस्थापन तथा सहकारी र विना मगर खानेपानीमन्त्री बनेका छन् । रामकुमारी चौधरी कृषि राज्यमन्त्री बनेकी छिन् ।

मन्त्री चक्रपाणि खनाल र विना मगर पहिलोपटक मन्त्री बनेका हुन् । उनीहरूको संसद्मा पनि पहिलो उपस्थिति हो । दोस्रो संविधानसभामा दुवैजना पराजित भएका थिए । खनाल माओवादी युद्धमा सैन्य क्षेत्रमा लामो समय काम गरेका, तर शान्तिप्रक्रियामा आएपछि अवसर नपाउने नेतामा पर्छन् । मगर अध्यक्ष प्रचण्डकी बुहारी हुन् ।

शिक्षा, युवा तथा खेलकुदमन्त्री  पोखरेललाई पाँचौँ अवसर मिलेको छ । पोखरेल यसअघि चारपटक मन्त्री बनिसकेका नेता हुन् । माओवादीबाट सत्तामा धेरै अवसर पाउने निकै कम नेतामा उनी पर्छन् । उनी ०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार, ०६५ मा प्रचण्ड नेतृत्वको सरकार, ०७२ केपी ओली नेतृत्वको सरकार र ०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनेका थिए, नयाँ पत्रिकामा खबर छ  ।
 

salt training

कमेन्ट गर्नुहोस्