२४ जेठ २०८३, आइतबार

मन्त्रिपरिषद् बैठकद्वारा चार विधेयकलाई सैद्धान्तिक स्वीकृति

मन्त्रिपरिषद् बैठकद्वारा चार विधेयकलाई सैद्धान्तिक स्वीकृति

पोखरा, ३ चैत- प्रदेश नं ४ को मन्त्रिपरिषद् बैठकले चार विधेयकलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । 

मन्त्रिपरिषद्का प्रवक्ता रामशरण बस्नेतले शुक्रबारको बैठकले प्रदेश योजना तथा नीति आयोग गठन, वित्तीय समानीकरण, नमूना कर कानून र सार्वजनिक लिखतको प्रमाणीकरण गर्नेसम्बन्धी विधेयकलाई सैद्धान्तिक स्वीकृति दिएको जानकारी दिनुभयो । 

बैठकले तीन विधेयक प्रदेशसभामा पेश गर्ने पनि निर्णय गरेको छ । पेश गरिने विधेयकमा स्थानीय तह गाउँपालिका, नगरपालिका र महानगरपालिकाको सेवा सुविधासम्बन्धी, प्रदेशसभा सभामुख, उपसभामुख, मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र मन्त्रिपरिषद्को तीसबुँदे आचारसंहितासम्बन्धी विधेयक छन् ।

प्रस्तावित सेवासुविधासम्बन्धी विधेयक अत्यन्त वैज्ञानिक रुपमा तय गरिएको जिकिर उहाँले गर्नुुभयो ।

salt training

कमेन्ट गर्नुहोस्