०६ असार २०८३, शनिबार

चन्दा नदिएको रिसमा नगर प्रमुखमाथि आक्रमण

चन्दा नदिएको रिसमा नगर प्रमुखमाथि आक्रमण

धनगढी, ३ चैत– कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि चन्दा नदिएको रिसमा गोली प्रहार भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीमाथि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले चन्दा नदिएको रिसमा गोली प्रहार गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नेकपाका स्थानीय नेता तथा कार्यकर्ताले चौधरीसँग पटक–पटक चन्दा माग्न गएका थिए । ‘केही नेताले चन्दा माग्ने, आफ्ना मान्छेलाई नगरपालिकाका विभिन्न ठाउँमा नियुक्तिका लागि दबाव दिने गरेको अनुसन्धाननले देखाएको छ,’ कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरेले भने– ‘बोक्सीको आरोपमा कुटपिट घटनालाई मिलापत्र गराएको विषयलाई निहुँ मात्रै बनाएको पाइयो ।’

चौधरीमाथि घोडाघोडी नगरपालिका ५ सुक्खडस्थित आफ्नै घरमा रहेका बेला फागुन २८ गते राति करिब ८ बजे गोली र खुकुरी प्रहार गरिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्