२८ जेठ २०८३, बिहीबार

ट्रम्पद्वारा ताइवान यात्रा कानूनमा हस्ताक्षर, के गर्ला चीन ?

चैत ३, २०७४
ट्रम्पद्वारा ताइवान यात्रा कानूनमा हस्ताक्षर, के गर्ला चीन ?

काठमाडौं, ३ चैत– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ताइवान यात्रासम्बन्धी एउटा कानूनमा हस्ताक्षर गरेका छन् । 

ताइवानसँग औपचारिक कूटनीतिक सम्बन्ध कायम नगरेको भएपनि राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको यो कानूनले संयुक्त राज्य अमेरिकाका अधिकारीहरूलाई आफ्ना समकक्षीलाई भेट्न ताइवानको भ्रमण गर्ने अनुमति दिनेछ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले ‘ताइवान ट्राभल एक्ट’ नामक उक्त कानूनले अमेरिकी र ताइवानी अधिकारीबीच सबै तहमा भेटवार्ताका लागि प्रोत्साहन गर्ने जनाएको छ ।

उक्त कदमले ताइवानलाई आफ्नो भगौडा प्रान्त ठान्ने चीनलाई आक्रोशित तुल्याउने देखिन्छ । कानून अनुसार ताइवानको आत्मसुरक्षाका लागि उसले मद्दत पुर्याउनुपर्नेछ र अमेरिका उक्त प्रायद्वीपको हतियारको मुख्य स्रोत हो ।

अहिले पनि अमेरिकी अधिकारीहरू ताइवान जाने र बेलाबेलामा ताइवानी अधिकारीहरू ह्वाइट हाउसको भ्रमण आउने गर्छन् । तर चीनले अपमानित महसुस नगरोस् भनेर त्यसलाई गुपचुप नै राख्ने गरिन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्