१५ असार २०८३, सोमबार

आँखा झिम्क्याएर फेसबुकका मालिकलार्इ जितिन् यिनले

आँखा झिम्क्याएर फेसबुकका मालिकलार्इ जितिन् यिनले

आँखा झिम्क्याएको २६ सेकेन्डको भिडियो सामाजिक सञ्जालमा आएपछि रातारात चर्चित सेलिब्रेटी बनिन्, प्रियाप्रकाश वारियर ।

उनी अधिकांश युवाको ‘ड्रिम गर्ल’ बनिन् । उक्त भिडियोले केही समयमै उनलाई बलिउड सेलिब्रेटीहरूको दाँजोमा पु-याइदियो ।

उनी अहिले फेरि चर्चामा आएकी छन् । अहिले उनी नयाँ फोटोसुटका कारण चर्चामा आएकी हुन् । गुलाबी गाउनमा सजिएकी उनी सुन्दर देखिएकी छिन् ।

उनको चौतर्फी प्रशंसा भइरहेको छ । यो फोटोसुट उनले एक कपडा ब्रान्डका लागि गरेकी हुन् । उक्त फोटोहरू सामाजिक सञ्जालमा आएपछि उनी फेरि एकाएक चर्चामा आएकी हुन् ।

यसपछि उनीबारे अनेक आकलन हुन थालेको छ । सायद, उनलाई बलिउडमा डेब्यु गर्न पनि खासै धेरै समय कुर्नुपर्ने छैन ।

उनीबारे चलेका अनेक बहसमध्ये एक हो, स्टार रणवीर सिंहको साथमा नयाँ फिल्म ‘सिम्बा’बाट डेब्यु गर्न सक्ने । तर, यसबारे आधिकारिक घोषणा भने भइसकेको छैन ।

उनको मलायालम भाषाको डेब्यु चलचित्र ‘ओरु अद्दार लभ’को टिजर पनि सार्वजनिक भइसकेको छ । पहिले यो फिल्म ३ मार्चमा रिलिज हुने तय भएको थियो । तर ,विभिन्न हल्लाका कारण उनको फिल्म १४ जुन २०१८ मा रिलिज हुन सक्ने सम्भावना छ ।

उनी मात्र १८ वर्षकी भइन् । उनकी आमा प्रिथाका अनुसार अहिलेसम्म उनी एउटा ¥याम्प सोमा मात्र देखिएकी छिन् भने एउटा मात्रै फोटोसुट गराएकी छिन् ।

उनकी आमा प्रिथाले भास्कर डटकमसँग बोल्दै भनिन्, ‘प्रियाले आफ्नो फोटो अहिलेसम्म फोटोग्राफरबाट लिएकी छैनन् । फोटोग्राफर आफैँ आफैँले उनको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका छन् ।’

उक्त भिडियोको कारण प्रियाको चर्चा यति चुलियो कि उनले इन्स्टाग्रामका मालिक मार्क जुकरबर्गलाई समेत इन्स्टाग्राममा पछाडि पारिन् । मार्क जुकरबर्गको इन्स्टाग्राममा ४.१ मिलियन फलोअर्स छन् भने प्रियाको ५ मिलियन नाघिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्