१९ असार २०८३, शुक्रबार

गोली  लागेर घाइते मेयर चौधरीलाई भेट्न पुगे प्रधानमन्त्री

गोली  लागेर घाइते मेयर चौधरीलाई भेट्न पुगे प्रधानमन्त्री

काठमाडौँ, ३ चैत - प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीको स्वास्थ्य अवस्थाबारे आज जानकारी लिएका छन्  । 

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पुगी उनले नगरप्रमुख चौधरीको स्वास्थ्य अवस्थाको जानकारी लिएको  उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । 

उक्त अवसरमा प्रधानमन्त्रीले चौधरीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्  । 

प्रधानमन्त्री ओलीले अस्पताललाई चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशनसमेत दिए  । 

“उपचार खर्च सरकारले व्यहोर्छ”, प्रधानमन्त्री ओलीले भने , “उहाँको उपचारमा कुनै पनि कसर बाँँकी नराखी उपचार गर्नुहोस् ।” 

सोही अवसरमा उनले चौधरीको घटनाबारे निष्पक्ष छानबिन हुने परिवारका सदस्यलाई बताए  । उनले  घटनामा संलग्नलाई कानूनअनुसार कारवाही हुनेसमेत बताए  । 

चौधरीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओलीका साथमा नेकपा (एमाले)का नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, एमाले केन्द्रीय सदस्य डा राजन भट्टराईसमेत अस्पताल पुगेका थिए  । 

सोही अवसरमा चौधरीको उपचारमा संलग्न चिकित्सक डा प्रदीप थापासँग पनि प्रधानमन्त्री ओलीले जानकारी लिए । 

नगरप्रमुख चौधरीलाई अपरिचत समूहले गत फागुन २८ गते घरमा बसिरहेका बेला गोली र खुकुरी हानेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्