०५ असार २०८३, शुक्रबार

विमान दुर्घटनाका १० शव आफन्तलाई जिम्मा लगाइयो

चैत ४, २०७४
विमान दुर्घटनाका १० शव आफन्तलाई जिम्मा लगाइयो

काठमाडौँ, ४ चैत -   यूएस बंगला विमान दुर्घटनाका मृतकहरुको शव पोस्टमार्टमपछि शनिबार आफन्तलाई जिम्मा लगाइएको छ ।

महाराजगन्जस्थित शिक्षण अस्पतालले दिएको जानकारी अनुसार १० नेपालीको शव पहिचानपछि आफन्तलाई बुझाएको हो । वरिष्ठ न्यूरो सर्जन बालकृष्ण थापा, हरिशंकर पौडेल, अल्गिना बराललगायतको शव आफन्तले बुझेका छन् ।शव बुझेपछि आफन्तहरु अन्तिम संस्कारतिर लागेका छन् ।

विमान दुर्घटनामा परी मृत्यु भएका ४९ जनामध्ये १० नेपाली र १५ विदेशी नागरिकको मात्रै पहिचान भएको शिक्षण अस्पतालले जनाएको छ । बाँकी शव पहिचान गरेर आफन्तको जिम्मा लगाइने छ, कान्तिपुरमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्