०४ असार २०८३, बिहीबार

यसकारण बदलिँदै छ  पाठ्यक्रम

चैत ४, २०७४
यसकारण बदलिँदै छ  पाठ्यक्रम

काठमाडौँ, ४ चैत- कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । शिक्षा ऐनको आठौं संशोधनसँगै उच्च माध्यमिक शिक्षा परिषद् खारेज भएपछि संघीय संरचनाअनुकूल हुने गरी विद्यालय तहको नयाँ पाठ्यक्रम बनाउन लागिएको हो ।

‘संघ, प्रदेश र स्थानीय तहलाई जोड्ने गरी विद्यालय तहको नयाँ पाठ्यक्रम ल्याउन लागेका हौं,’ पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले भने । परिषद् गठन भएको १७ वर्षपछि कक्षा ११ र १२ को पुस्तक परिवर्तन हुन लागेको हो । आगामी साउनमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार पढ्न पाउनेछन् ।


सातवटै प्रदेश र सबै स्थानीय तहमा समान गुणस्तरको शिक्षा प्रदान गर्न पाठ्यक्रम संशोधनसहित परिमार्जन गरिने काप्रीले बताए । कक्षा ११–१२ लाई पनि विद्यालय शिक्षामा समायोजन गरिएपछि केन्द्रले नै पाठ्यक्रम बनाउन लागेको हो । प्रारूप बनेपछि देशभरका सामुदायिक र निजी विद्यालयमा सोही पाठ्यक्रमका आधारमा तयार पारिएका पाठ्यपुस्तकबाट पठनपाठन हुनेछ, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्