०४ असार २०८३, बिहीबार

माओवादी बन्यो मन्त्री उत्पादन गर्ने पार्टी, ११ वर्षमा ९५ मन्त्री

चैत ४, २०७४
माओवादी बन्यो मन्त्री उत्पादन गर्ने पार्टी, ११ वर्षमा  ९५ मन्त्री

काठमाडौं, ४ फागुन-  ०६३/६३ को जनआन्दोलनयता माओवादी केन्द्रका मात्रै ९५ जनाले मन्त्री बन्ने अवसर पाएका छन्। 

०४६ सालयता सरकारमा ‘हालिमुहाली’ गरेका कांग्रेस–एमालेभन्दा ११ वर्षको अवधिमा बढी मन्त्री उत्पादन गर्ने पार्टी माओवादी बनेको छ।

  दोस्रो जनआन्दोलनपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा माओवादी पहिलोपटक सरकारमा सहभागी भएको थियो।
 त्यसयता ११ वर्षमा ११ वटै सरकार बनेको छ भने आठ वटामा माओवादी सरकारमा सहभागी छ। ०६६ मा बनेको माधवकुमार नेपालको सरकार, ०६९ मा बनेको खिलराज रेग्मीको चुनावी सरकार र ०७० मा दोस्रो संविधानसभापछि बनेको सुशील कोइराला नेतृत्वको सरकारबाहेक सबैमा माओवादी सहभागी छ। 

अन्नपूर्ण पोस्ट अगाडि लेख्छ- तीनपटक त माओवादी आफैंले सरकारको नेतृत्व समेत गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालले दुईपटक र डा. बाबुराम भट्टराईले एकपटक सरकारको नेतृत्व नै गरेको थिए।

salt training

कमेन्ट गर्नुहोस्