०१ असार २०८३, सोमबार

नयाँ शहर आयोजनाका लागि दैलेखमा ‘ल्याण्ड पुलिङ’, फनपार्कपनि बनाइने

चैत ४, २०७४
नयाँ शहर आयोजनाका लागि दैलेखमा ‘ल्याण्ड पुलिङ’, फनपार्कपनि बनाइने

सुर्खेत, ४ चैत– दैलेखको पश्चिमि क्षेत्रमा पर्ने आठबीस नगरपालिकामा ‘फनपार्क’ निर्माण गरिने भएको छ । नेपालका मध्यपहाडी लोकमार्गमा पर्ने १० आधुनिक शहरमध्येको एक शहरको रुपमा सरकारले विकास गर्न लागेको राकम कर्णालमिा उक्त पार्क निर्माण गर्न लागिएको हो ।

नयाँ शहर आयोजना कार्यालय राकम कर्णाली दैलेखले उक्त परियोजनालाई डिजाईन तयार गरी टेण्डर प्रक्रियामा लिन लागेको इन्जिनियर विवेक केसीले जानकारी दिए ।

हालसम्म कर्णाली प्रदेमा निर्माण नगरिएको उक्त फन पार्कमा २ ओटा व्याडमिन्टन पार्क रहनेछन भने २ ओटा भलिबल कोर्ट समेत हुनेछन् । करिब ४४ हजार ३६२वर्ग मिटरमा बनाइने उक्त पार्कमा १ वास्केट बल कोर्ट पनि निर्माण हुनेछ । यस्तै उक्त पार्कमा पानीका फोहोरा, २ ओटा पिकनिक स्पट, र नगरपालिकाको समन्वयमा १ शालिक समेत राखिने छ ।

यस्तै, पार्कमा बालबालिकाहरुका लागि विभिन्न झुलाहरु, बेन्चहरु, अपांगका लागि अलग्गै स्थान, गाडी पार्किङ समेत राखिने उनको भनाई छ ।

आगामी ३ वर्षभित्र सक्ने लक्ष्य राखिएको उक्त पार्क निर्माणका लागि करिब ३ करोड भन्दा बढी खर्च हुनसक्ने आयोजनाको अनुमान छ ।

ल्याण्डपुलिङ गरिँदै  

नयाँ शहरका लागि ल्याण्ड पुलिङ हुने भएको छ । 

विगतमा जग्गा विवादले व्यवस्थित शहरीकरणको कार्य अघि बढ्न सकेको थिएन । 

ल्याण्ड पुलिङको लागि आयोजनाले धमाधम डिजाईनको कामहरु गरिरहेको इन्जिनियर केसीले जानकारी दिए ।

सिंगौडी–कुमालखाँडा सडक निर्माणमा तीव्रता

करिब साढे तीन किलोमिटर लम्बाई रहेको कुमालखाँडा–सिंगौडी सडक धमाधम निर्माण भइरहेको छ । सिध्दी प्रकाश कन्स्ट्रक्सनले उक्त सडक निर्माणको कार्य गरिरहेको छ भने सडकको चौडाई आठ मिटर रहेको छ । अहिलेसम्म उक्त सडक निर्माणका लागि १ करोड १५ लाख रकम खर्च भइसकेको छ । उक्त सडकलाई ग्रावेल पनि गरिने आयोजनाका इ. केसीको भनाई छ ।

मसानघाटमा २ प्रतिक्षालय

राकम कर्णालीमा रहेको मसानघाटमा २ प्रतिक्षालय निर्माणको अन्ज्तिम चरणमा पुगेका छन् । आयोजनाले ५० लाखको लागतमा दुइ प्रतिक्षालय बनाउन सुरु गरेको हो । यस्तै बस स्टैण्डमा पनि ६ ओटा यस्तै प्रकृतिका प्रतिक्षालय बनाईने भएको छ ।

नगरवासी खुशी

सरकारले नयाँ शहर बनाउने घोषणा गरेको झण्डै दश वर्षपछि शहर भित्र आयोजनका कामले तीव्रता पाएपछि नगरवासी खुशी देखिएका छन् । नगरप्रमुख खड्गराज उपाध्यायले आयोजनाले तीव्ररुपमा काम गरिरहेको बताए । अबको केहि वर्षमै परिवर्तन हुनेगरी नगरपालिका सहकार्य र समन्वय गर्दै अघि बढ्ने र नगरलाई समृद्ध पार्ने आफ्नो योजना रहेको उनको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्