२४ जेठ २०८३, आइतबार

प्रचण्डसँग नाच्ने चर्चित नायिका रेखा थापा अब कमल थापाको पार्टीमा

कात्तिक २०, २०७४
प्रचण्डसँग नाच्ने चर्चित नायिका रेखा थापा अब कमल थापाको पार्टीमा
काठमाडौं, २७ मंसिर– दोस्रो संविधानसभा चुनाव हुनुअघि तत्कालिन एमाओवादी प्रवेश गरेकी नायिका रेखा थापा पार्टी परित्याग गर्दै नयाँ पार्टीमा प्रवेश गर्न लागेकी छन् । उनी आज राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गर्न लागेकी हुन् ।
यसअघि सो पार्टीमा चर्चित गायिका तथा समाचारबाचिका कोमल ओली प्रवेश गरेकी थिइन् ।rekha
राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौलाले थापा राप्रपामा प्रवेश गर्न लागेको बताए । राप्रपा स्रोतका अनुसार उनैलाई पार्टी प्रवेश गराउनका लागि पार्टीले इन्द्रेणी फुडल्याण्डमा सोमबार दिउँसो कार्यक्रमको आयोजना गरेको छ ।
माओवादीले गरेको उपत्यका बन्दका क्रममा प्रचण्डसँग नाचेर चर्चामा आएकी थापा पछि २०७० जेठ ४ मा माओवादीमा प्रवशे गरेकी थिइन् । पछि उनले चलचित्र विकास बोर्डको अध्यक्ष बन्नका लागि दौडधूप गरेपनि नपाएपछि पार्टीसँग असन्तुष्ट बन्दै आएको माओवादी स्रोत बताउँछ ।
त्यतिबेला माओवादीमा प्रवेश गर्दा रेखाले भनेकी थिइन्– एमाओवादी जनताको पार्टी भएकोले म पनि यसमा सम्माहित भएको हुँ । पार्टीले दिने जिम्मेवारी पूरा गर्न म तयार छु र यो पार्टीमा पार्टी प्रवेश गर्न पाउँदा खुसी लागेको छ ।
उनले अगाडि भनेकी थिइन्, ‘अहिले चलचित्रको पर्दामार्फत मात्र आम जनमानसमा पुग्न नसकिएको कारणले पार्टी प्रवेशबाट अब हरेक नेपाली जनताका घर घरमा गएर सेवा गर्ने चाहन्छु । नायिका हुँदा मनोरञ्जन दिए अब देश र जनतालाई सेवा गर्न चाहन्छु ।’
चलचित्र हिरोटबाट फिल्म नगरीमा प्रवेश गरेकी थापाले दर्जनौं हिट चलचित्रमा अभिनय गरेकी छिन् ।


तत्कालिन एमाओवादीमा प्रवेश गर्दै रेखा थापा । फाइल फोटो

salt training

कमेन्ट गर्नुहोस्