०६ असार २०८३, शनिबार

ट्रम्प निर्णयले दुतावासमा नेपालीको फोनको ओइरो

कात्तिक २०, २०७४
ट्रम्प निर्णयले दुतावासमा नेपालीको फोनको ओइरो
वासिङ्टन डीसी, १९ माघ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्ला निर्णयका विरुद्धमा जुलुस विरोध र धर्ना दैनिक बढेका छन् ।trump
मुख्य सडक, उपराष्ट्रपतिको निवासदेखि अन्तराष्ट्रिय विमानस्थलहरुमा समेत विरोध भएका छन् । राती अबेरसम्म मैनबत्ती बालेर जुलुस निकालेका छन् ।

ट्रम्पको घोषणाले केही क्रिस्चियन र अन्य धर्म भएका मुलुकलाई भने फाइदा हुने देखिएको छ ।
नेपाल, भारत, रसिया, चीन युरोपेली मुलुकहरुलाई भने सहज हुने वातावरण बनाउनेतर्फ उनी लागेका छन् । नेपाली दुतावासमा राष्ट्रपति ट्रम्पको निर्णयपछि दैनिकजसो नेपालीहरुको फोन आउने गरेको राजदुत डा. अर्जुन कार्कीले बताएका छन् ।
कागजपत्र भएर बसेका नेपालीहरु र अन्य सबैलाई धैर्य गर्न भन्ने गरेको छु । राजदूत कार्कीले भने ‘विरोध पनि भइरहेको छ । निर्णय पनि हुदै गएका छन् । हामी हेर्ने र सुन्ने हो । अन्य मुलुकको आन्तरिक मामिलामा हाम्रो कुनै धारणा हामीले बोल्नु हुदैन ।’ कान्तिपुरमा खबर छ |

salt training

कमेन्ट गर्नुहोस्