काठमाडौं, २७ मंसिर– नायिका रेखा थापाले सरप्राइज दिने भन्दै चलचित्र पत्रकारहरुलाई फोन गरेकी छन् भने कसैलाई एसएमएस पठाएकी छन् । उनी आज कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गर्न लागेको पार्टी निकट स्रोतले बताएको छ ।
.jpg?1481510135064)
सोहि पार्टीमा आफू प्रवेश गर्न लागेकाले उनले चलचित्र पत्रकारहरुलाई फोन तथा एसएमएस गरेकी हुन् ।
उनलाई पार्टी प्रवेश गराउन इन्द्रेणी फूडल्याण्डमा राप्रपाले कार्यक्रम राखेको छ ।