काठमाडौं, ८ चैत — चीनले भारतसँगको सीमामा तैनाथ सैनिकहरूका सम्बन्धमा ठूलै नीतिगत परिवर्तन गरेको छ । फ्रन्टियर ट्रूप्समा नागरिक नियन्त्रण पूर्णतया अन्त्य गरेर त्यसलाई सीधै सेनाको नियन्त्रणमा राखिएको छ ।
कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी) ले देशको सशस्त्र बलमाथि सत्तारूढ दलको प्रभाव बढाउनका लागि पीपुल्स आर्म्ड पुलिस (पीएपी) बाट गैरसैनिक संस्थानअन्तर्गत काम गर्ने फ्रन्टियर डिफेन्स ट्रूप्सलाई पूरै हटाउने घोषणा गरेको हो ।
राष्ट्रपति सी चिनफिङ सीपीसीका प्रमुख हुन् ।
सरकारनिकट पत्रिका ग्लोबल टाइम्सको रिपोर्टअनुसार, यी ट्रूप्स पीएलए तथा अन्य राष्ट्रिय सशस्त्र बलजस्तै पूर्णतया पार्टीको नियन्त्रणमा आउनेछन् ।
चीनका सैन्य विश्लेषकहरूका अनुसार, नागरिक मामिलासँग सम्बन्धित सशस्त्र प्रहरी बल हट्दा चेन अफ कमान्डको जटिलता सकिनेछ । त्यसपछि अब तीन हजार ४८८ किलोमिटर लामो वास्तविक नियन्त्रण रेखासमेत अन्य बोर्डर
ट्रूप्स सीधै पीएलएको नियन्त्रणमा आउनेछन् । त्यसले सीको नेतृत्व रहेको सेन्ट्रल मिलिटरी कमिसनअन्तर्गत काम गर्छ ।
पन्ध्र लाख जवान भएको अर्धसैनिक बल पहिला दोहोरो कमान्डअन्तर्गत काम गर्थ्यो । यो बलले युद्ध वा घरेलु अशान्ति वा आतंकविरोधी अभियानमा सेनाका लागि ब्याकअपको रूपमा काम गर्छ ।
एजेन्सी