१७ असार २०८३, बुधबार

प्रदेश नम्बर सातको संसदले पायो चार वटा विषयगत समिति

चैत ८, २०७४
प्रदेश नम्बर सातको संसदले पायो चार वटा विषयगत समिति

धनगढी, ८ चैत– प्रदेश नं. ७ को सातौं प्रदेश संसद वैठकले आज (विहिवार) चार वटा विषयगत समिति गठन गरेको छ ।

प्रदेश सभाको कार्यप्रणालीलाई व्यवस्थित गर्न भन्दै संविधानको धारा १९३ तथा प्रदेश सभा नियमावलीको नियम १४५ बमोजिम ११/११ सदस्य विषयगत समिति पारित गरिएको हो ।

बैठकले ११ सदस्यीय विधायन तथा प्रदेश मामिला समिति गठन गरेको छ । जसको सदस्यमा सांसद रणबहादुृर रावल, श्यामलाल राना, उमा बादी, वीरमान चौधरी, शान्ति नेपाली, मालामति रानाथारु, तारा लामा तमाङ, नेपालु चौधरी, कृष्णराज सुवेदी, मीना साउँद र सुशिला बुढाथोकी रहेकी छिन् । 

त्यस्तै, गठन भएको सार्वजनिक लेखा समितिमा सांसद भरतबहादुर खड्का, कर्णबहादुर मल्ल, कुमारी नन्दा बम, मानबहादुर धामी, कुन्ती जोशी, कुलबीर चौधरी, अम्मरबहादुर साउँद, अर्चना गहतराज, बलबहादुर सोडारी, चुनकुमारी चौधरी र बलदेव रेग्मी रहेका छन् ।

अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा सांसद गोविन्दराज बोहरा, देवराज पाठक, अम्बीकुमारी थापा, अक्कलबहादुर रावल, महेशदत्त जोशी, प्रेमप्रकाश भट्ट, कृष्णबहादुर चौधरी, हर्कबहादुर कुँवर, प्रकाश रावल, रतन थापा र पूर्णा जोशी रहेकी छिन् ।

त्यस्तै, गठन भएको सामाजिक विकास समितिमा सांसद डिल्लीराज पन्त, दिव्यश्वरी शाह, टेकबहादुर रैका आउजी, नन्दबहादुर साउँद, मानबहादुर सुनार, देवकी मल्ल थापा, लालबहादुर खड्का, लिलाधर भट्ट, गेल्बु सिंह बोहरा, दुर्गाकुमारी कामी र माया तमाङ बोहरा रहेकी छिन् ।

प्रदेश सभामुख अर्जुन थापाले गठन भएका ती विषयगत समिति पास गर्न संसदमा प्रस्तुत गरेका थिए । संसदको बहुमत सदस्यहरुले ‘हुन्छ’ भनी समिति पारित गरेका थिए ।

यसैबीच संसदको विशेष समयमा प्रदेशका समसमायिक विषमा नेपाली काँग्रेसका सांसद भरत बहादुर खड्का, नेकपा एमालेका सांसद लिलाधर भट्ट, अमर साउँद र नेकपा माओवादी केन्द्रकी सांसद शान्ति नेपालीले बोलेकी थिइन् ।
संसदको अर्को बैठक चैत १५ गते दिउँसो १ बजे तोकिएको छ ।   
 

salt training

कमेन्ट गर्नुहोस्