१८ असार २०८३, बिहीबार

रेशम चौधरीले दायर गरेको मुद्दाको पेशी फेरि सर्‍यो

चैत ८, २०७४
रेशम चौधरीले दायर गरेको मुद्दाको पेशी फेरि सर्‍यो

धनगढी, ८ चैत-जिल्ला अदालत कैलालीको आदेशप्रति चित्त नबुझेपछि सांसद रेशम चौधरीले उच्च अदालत दीपायलमा पुनरावेदन गरेको मुद्दाको पेशी सरेको छ ।

फागुन १४ गते जिल्ला अदालतमा उपस्थित भएका चौधरीको मुद्दाको सुनुवाई गर्दै न्यायधीश पुरशुराम भट्टराईको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेशविरुद्धमा चौधरीले उच्च अदालतमा रिट दायर गरेका थिए ।

उच्च अदालतले जिल्ला अदालतबाट उनको कैफियत प्रतिवेदन झिकाइएपछि पहिलो पेशी चैत १ गते तोकिएको थियो । तर १ गतेको पेशी सरेपछि अर्को पेशी आज (बिहिवार) को दिन तोकिए पनि फेरि सरेको उनको कानूनी प्रतिरक्षा गर्दै आएका अधिवक्ता गजेन्द्र केसीले जनाए ।

‘सरकारी वकिलहरू नहुँदा दुईपटक मुद्दाको पेशी सरेको छ’, अधिवक्ता केसीले भने, ‘केही सतायता जारी फौजदारीसंहिता सम्बन्धी तालिमका क्रममा यहाँका सरकारी वकिलहरू नेपालगञ्जमा रहनुभएकाले पेशी सारेको हो ।’ 
वादी तर्फबाट सरकारी वकिलहरूले बहस गर्ने हुँदा उनीहरूको अनुपस्थितिमा उच्च अदालतले अर्को पेशी चैत १५ गते तोकेको अधिवक्ता केशीले जानकारी दिए ।

चौधरीले अदालती बन्दोबस्तको १७ नम्बरको प्रयोग गरेर जिल्ला अदालतको आदेशको बदर गरी तारेकमा राखी पाउँ भन्दै उच्च अदालतमा मुद्दाको दायर गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्