१२ साउन २०८३, मंगलबार

उर्जामन्त्री अनन्त : गार्जेन पनि साथी पनि !

उर्जामन्त्री अनन्त : गार्जेन पनि साथी पनि !

काठमाडौं, ८ चैत– उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुन ‘अनन्त’ले बद्लिएको परिस्थतीअनुसार काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । जल उत्पन्न प्रकोप व्यवस्थापन विभागमा आयोजित विभागीय प्रस्तुतीकरण कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै उर्जामन्त्री पुनले देश संघीय संरचनामा गइसकेको भन्दै खटिएको ठाउँमा गएर काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।

‘तपाईहरुलाई राज्यका तर्फबाट अप्ठेरो परेको छ भने हेर्छ, तर बद्लिएको परिस्थितीलाई भने तपार्इंहरुले आत्मसाथ गर्नुपर्छ, फिल्डमा गएर जनताको सेवामा लाग्नुहोस्,’ मन्त्री पुनले सम्बोधनमा भने ।

म गार्जेन हो साथी पनि हो

मन्त्री पुनले आफू मन्त्री मात्र नभएर सबैको गार्जेन भएको समेत बताए । उनले मन्त्रालयको लिडर र गार्जेनको रुपमा आफूले काम गर्ने तर आफुलाई पनि त्यसको बदलामा परिणामुखी काम चाहिने भएकाले कार्यक्षेत्रमा जिम्मेवार भएर लाग्न निर्देशन दिए । ‘म तपाईंहरुको साथी हो, गार्जेन पनि हो, तपाईंहरुलाई काम पुगेको छैन् अन्याय भएको छ भने म हेर्छु, काम पनि दिन्छु । तर मलाई तपाईंहरुले जिम्मा दिएअनुसारको परिणाम दिनुपर्छ,’ मन्त्री पुनले भने । 

बजेटको दुरुपयोग नहोस्

माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री पुनले सरकारी सम्पत्तिको दुरुपयोग नगर्न समेत कर्मचारीलाई चेतावनी दिए । ‘जनताको करबाट उठेको पैसाको दुरुपयोग भयो भने ठूलो अपराध सरह हुन्छ, त्यसैले तपाईंहरुले कम बजेटमा धेरै काम गर्ने गरी योजना बनाउनुहोस्,’ मन्त्री पुनले भने ।

तर्कले काम गर्दैन, काम चाहिन्छ

मन्त्री पुनले उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले राम्रो काम गरेर देखाउने चुनौती भएको भन्दै त्यसका लागी कार्यक्षेत्रमा इमान्दारितापुर्वक लाग्न निर्देशन समेत दिए । जनताले विकासको परिणाम खोजेको भन्दै त्यसका लागी खरो रुपमा उत्रनुपर्ने पुनको भनाइ थियो । 

‘हामीलाई,व्यक्तिगत रुपमा मलाई पनि तर्क गर्ने ठाउँ छैन्,’ पुनले भने, ‘जनताले परिणाम खोजेका छन्, जनआकांक्षालाई पूरा गर्न हामी सामूहिक रुपमा काम गरौ ।’

salt training

कमेन्ट गर्नुहोस्