१० असार २०८३, बुधबार

कोरिया आकर्षण : पहिलो दिनमै ३० हजारले बुझाए पैसा

चैत ९, २०७४
कोरिया आकर्षण : पहिलो दिनमै ३० हजारले बुझाए पैसा

काठमाडौं, ९ चैत– कोरिया रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले नवौं कोरियन भाषा परीक्षाका लागि ठूलो संख्यामा युवा आकर्षण देखिएको छ। भाषा परीक्षाका लागि आवदेन खुला गरेको पहिलो दिन बिहीबार देशभरबाट ३० हजारभन्दा बढी युवाले आवेदनका लागि बैंकमा पैसा जम्मा गरेका छन् ।

शाखाले अनलाइन आवेदन खुला गरेको पहिलो दिनमै कोरियाको रोजगारीका लागि जाने युवाको भीडले देशमा वेरोजगारी बढिरहेको संकेत गराउँछ। नवौं भाषा परीक्षामा सहभागी हुन चैत १७ गतेसम्म अनलाइन आवेदन दिन सकिनेछ। 

तर, पहिलो दिन मै ३० हजारभन्दा बढी युवाले भाषा परीक्षाका लागि ग्लोबल बैंकमा २४ डलर भुक्तानी गरिसकेको शाखाका प्रवक्ता शोभाकर पराजुली बताउँछन्। बिहीबार बैंकमा रकम जम्मा गरेका युवाले शुक्रबार मात्रै अनलाइन आवेदन दिन सक्छन् ।, अन्नपूर्ण पोस्टमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्