०५ असार २०८३, शुक्रबार

मोटरसाइकल पोलमा ठोकिंदा चालकको मृत्यु

मोटरसाइकल पोलमा ठोकिंदा चालकको मृत्यु

कैलाली, ९ चैत- कैलालीको गोदावरी नगरपालिका-४ मा गएराती मोटरसाइकल बिजुलीको पोलमा ठोकिंदा चालकको मृत्यु भएको छ । 
पछाडि सवार ब्यक्ति भने घाइते भएका छन् । गएराती साँढे ११ बजे हाइवेबाट अत्तरीयातर्फ जाँदै गरेको से ६ प १४६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विजुलीको पोलमा ठोकिएको थियो । मृत्यु हुनेमा गोदावरी नगरपालिका-९ का २५ वर्षीय गोविन्द भण्डारी रहेका छन् ।
 उनको उपचारको क्रममा पद्मा अस्पताल अत्तरीयामा मृत्यु भएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २७ वर्षीय नारायण चौधरीको पद्मा अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको  छ ।

salt training

कमेन्ट गर्नुहोस्