०५ असार २०८३, शुक्रबार

बन्धक बनाएर किशोरीमाथि सामूहिक 'वलात्कार' प्रकरण  : के गर्दैछ प्रहरी ?

चैत ९, २०७४
बन्धक बनाएर किशोरीमाथि सामूहिक 'वलात्कार' प्रकरण  : के गर्दैछ प्रहरी ?

ललितपुर, ९ चैत  — १५ वर्षीया किशोरीलाई बन्धक बनाएर सामूहिक बलात्कार आरोपमा पक्राउ गरेका पाँच जनालाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर प्रहरीले जबर्जस्ती करणी मुद्दामा अनुसन्धान थालेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले बालिकाको मेडिकल जाँच गर्न प्रसूति गृहमा पठाइएको बताए । ‘एक/दुई दिनमा रिपोर्ट आउँछ होला,’ उनले भने, ‘किशोरी अहिले पनि कराउने, तर्सने र बर्बराउने हालतमा छिन् ।’ उनले पीडकलाई हदैसम्मको कारबाहीको माग राखेर सरकारी वकिलमार्फत अदालतमा मुद्दा पेस गरिने बताए, कान्तिपुरमा खबर छापिएको  छ ।
 

salt training

कमेन्ट गर्नुहोस्