०५ असार २०८३, शुक्रबार

राजपाले संसदीय दलको नेता छान्न किन गर्दैछ किन ढिलाई  ?

चैत ९, २०७४
राजपाले संसदीय दलको नेता छान्न किन गर्दैछ किन ढिलाई  ?

काठमाडौँ, ९ चैत - राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको बैठक बस्न नसकेका कारण संसदीय दलको नेता चयन गर्न ढिला भएको  गोरखापत्रमा खबर छ  । 

प्रतिनिधि सभामा रहेका पाँच दलमध्ये चारवटा दलले संसदीय दलको नेता चयन गरे पनि राजपा नेपालले अझै चयन गर्न सकेको छैन । संसदीय दलको नेताका लागि राजपा नेपालका संयोजक महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र महेन्द्र राय यादव आकाङ्क्षी रहेको  पार्टी स्रोतले जनाएको छ ।
 राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले चाहिँ संसदीय दलको नेता को हुन्छन भन्नेबारे कुनै छलफल नभएको बताए  । 
अध्यक्ष मण्डलका सदस्य काठमाडौँ बाहिर भएका कारण बैठक बस्न नसकेको बताउँदै उनले बैठक बस्ने बित्तिकै त्यसको टुङ्गो लाग्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्