
काठमाडौं, ९ चैत- सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अल अन्सारी एक्स्चेन्ज कुवेतबाट पनि शुरु भएको छ ।
अब अल अन्सारी एक्स्चेन्ज कुवेतको Cash Express Worldwide मार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा सिधै रकम पठाउन सकिने छ । अल अन्सारी एक्स्चेन्जको ९ रेमिट्यान्स सेन्टरहरूबाट नेपालमा सिधै नगद पठाउन सकिने छ ।
त्यसरी पठाएको रकम सिटी एक्सप्रेस मनी ट्रान्सफर को ५५०० भन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत सहज तरिकाले भुक्तानी लिन सकिने छ । अल अन्सारी एक्स्चेन्जका उच्च व्यवस्थापन पक्षले सिटी एक्सप्रेससंग सिधा रेमिट्यान्स सम्झौता भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरूमा सिटी एक्सप्रेससंग नयाँ प्रविधि अनुसार सहकार्य गर्दै जाने जानकारी दिए ।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा छुट्टै पहिचान बनाउँदै विगत ११ वर्षदेखि विश्वभरी आफ्नो रेमिट एजेन्टहरूबाट ५५०० भन्दा बढी नेपालका एजेन्टमार्फत् भुक्तानी प्रदान गर्दै आइरहेको छ ।