२५ जेठ २०८३, सोमबार

एक हजार करोड लगानीमा आमिर खानले फिल्म महाभारत बनाउँदै

एक हजार करोड लगानीमा आमिर खानले फिल्म महाभारत बनाउँदै

आमिर खान ठग्स अफ हिन्दुस्तान फिल्ममा व्यस्त छन् । उनको फिल्म केही समयपछि चल्दैछ । 

यसैबीचमा आमिर खानको ड्रिम प्रोजेक्ट महाभारत बारे चर्चा शुरु भएको छ । 

आमिर खानको महाभारत करिब एक हजार करोडमा बन्न लागेको ट्रेड एनालिटिक मुकेश अम्बानीले बताएका छन् । 

भारतीय व्यापारी एवं रिलायन्स का मालिक मुकेश अम्बानीसँग मिलेर एक हजार करोड रुपैयाँमा यो प्रोजेक्टमा लगानी गर्ने छन् । 

तर यसबारे औपचारिक धारणा भने सार्वजनिक भएको छैन । 

अम्बानीले यसअघि पनि कयौं अन्तर्राष्ट्रिय प्रोजेक्टमा लगानी गरिसकेका छन् । तर यस पटक महाभारतको प्रोजेक्टमा उनी को प्रोडुसर हुने छन् । 

आमिर खानको यो महाभारत पाँच भागमा बनाइने छ । फिल्मको हलिउड सिरिज ह्यारी पोर्टर या गेम अफ थ्रोन्सको जस्तै बनाइने तयारी गरिएको छ । 

जसमा सबै भव्य हुनेछ । आमिर खानले यो फिल्ममा आगामी १० वर्षसम्म महाभारतमा काम गर्नेछन्, यसबीचमा पाँच भागमा महाभारतको अलग अलग कहानीमा फिल्म बन्ने छ । 

महाभारत उनको ड्रीम प्रोजेक्ट हो । ठग्स अफ हिन्दुस्तानको काम सकिना साथ उनी महाभारतको कथामा लाग्ने भारतीय सञ्चार माध्यमहरुको दाबी छ । 

स्रोतहरुका अनुसार यो फिल्मको पहिलो सिरिजको निर्देशन अद्वैत चन्दन गर्ने वाला छन् । 

समाचारहरुका अनुसार आमिर खान श्रीकृष्ण को रोलमा देखिनेछन् । तर आमिरको मनपर्ने चरित्र भनेको कर्ण हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्