
दीपेन्द्र गजुरेल
स्पेन,९ चैत– नेपाल भ्रमणको तयारीमा रहेका स्पेनिस पर्यटनहरुलाई गैरआवासीय नेपाली संघ म्याड्रिले सम्मान गरेको छ ।
विहीबार म्याड्रिडमा आयोजित पत्रकार सम्मेलनपछि भ्रमण टोलीका स्पेनिश शेर्पा उपनामले चिनिने कार्लोश सोरियाले नेपालको धौलागिरी हिमाल चड्न आफू आतुर रहेको बताए । कार्लोशले धौलागिरी हिमाल चड्ने क्रममा पर्यटकहरुले फालेको फोहोरले यात्रामा केहि कठिनाईलाई मध्य नजर गर्दै धौलागिरी हिमालको सफाई समेत गर्ने बताए ।
नेपाल भ्रमणमा रहेका ७९ वर्षिय कार्लोश सोरियाले धौलागिरी हिमाल चड्ने आफ्नो ईच्छा अब पुरा गर्ने बताउछन् ।
कार्लोश भन्छन् विश्वका थुप्रै हिमाल चडेको र विश्वमा नेपाल शुन्दर शान्त तथा रमणिय देश भएको बताउदै कार्लोशले थपे ’नेपाल आफ्नो दोश्रो घर हो नेपाली परिवारको आफुपनि सदस्य भएको समेत बताए । स्पेनिश नागरिले नेपाल भ्रमणमा धेरै भन्दा धेरै सहभागिता जनाउने समेत गरेको कार्लोशको भनाइ छ । कार्यक्रममा स्पेनिश ब्यावसायी मानुएल भिलानोमाले नेपाल संग पर्यटन प्रर्वधनमा दुई राष्ट्रले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

नोभेम्बरमा हुने एक्पोतुराल २०१८ दुई राष्ट्रको पर्यटन प्रर्वधन गरीने समेत भिलानोमाले बताए । उक्त कार्यक्रममा स्पेनका लागि नेपाली राजदूत भरत बहादुर रायमाझिले कार्लोश सोरियाको नेपाल मोह र नेपाली प्रतिको मायाको बारेमा चर्चा गरेका थिए । एनआरएनए म्याड्रिडले नेपालीहरुको प्रतिनित्व गर्दै स्पेनबाटै स्वागत गरेको म्याड्रिडका अध्यक्ष उत्तर राईले बताए ।
कार्लोश सोरियालाई एनआरएनए युरोप उपसंयोजक तथा पर्यटन बोर्डका जनप्रतिनिधि एवम् समासेवी एकराज गिरीले नेपाली भातगाउले ढाकाटोपी र एनआरएनए म्याड्रिड अध्यक्ष राईले खादा लगाएर नेपालमा स्वागत तथा यात्रा सफलताको कामना समेत गरेका थिए ।
एनआरएनए युरोप उपसंयोजक तथा पर्यटन बोर्डका मानार्थ जनप्रतिनिधि एवम् समासेवी एकराज गिरीले भने ’नेपाल पर्यटन प्रर्वधनमा प्रवासमा रहेका सम्पुर्ण नेपालीहरुले आ आफ्नो क्षेत्रबाट राष्ट्रलाई आर्थिक समृद्धि बनाउन सबैले हात्तेमालो गर्नुपर्ने बताए । उक्त कार्यक्रममा स्पेनिश ब्यापारी,समाजसेवी,पत्रकार,कलाकार,नागरिक समाजका प्रतिनिधिहरुको ब्यापक जनसहभागिता रहेको थियो ।