३० जेठ २०८३, शनिबार

मुद्दति खातामा अग्रीम भुक्तानी

मुद्दति खातामा अग्रीम भुक्तानी

काठमाडौं, ९ चैत- एनआई सी एशिया बैंकले “अग्रीम ब्याज भुक्तानी मुद्दती खाता” संञ्चालनमा ल्याएको छ । योजना अन्तरगत, ग्राहकले कुनै पनि रकमको मुद्दती खाता खोली, खाता खोलेकै दिनमा ११ प्रतिशतको वार्षिक ब्याजका दरले हुन आउने ब्याजको अग्रीम भुक्तानी आफ्नो एनआई सी एशिया बैंकमा रहेकोे कुनै पनि बचत खातामा भुक्तानी पाउन सक्ने बैंकले जनाएको छ ।  

यस मुद्दती योजना अन्तरगत, मुद्दती खाता ३ महिना, ६ महिना, ९ महिना अथवा १२ महिनाको लागि खोले पनि सम्बन्धित अवधिका लागि ११ प्रतिशत का दरले अग्रिम ब्याज भुक्तानि गरिनेछ । व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्ताले खोल्न सक्ने यो मुद्दती योजनामा चाहेको बेलामा जम्मा गरेको रकमको ८० प्रतिशतसम्मको कर्जा उपभोग समेत गर्न सक्ने बैंकले जनाएको छ ।  साथै यस्तो मुद्दती खाताखोल्ने ग्राहकहरुको रु ५ लाख सम्मको दुर्घटना बीमा पनि बैंकले नै बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्