×

NIC ASIA

फलोअप : नेता र पुलिसलाई छुट्टै हलमा परीक्षा, विद्यार्थी निष्कासित गरेपछि होहल्ला र नाराबाजी

चैत ९, २०७४

Prabhu Bank
NTC
Premier Steels
Marvel

जनकपुरधाम, ९ चैत-त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित परीक्षालाई मार्यादित बनाउन केन्द्रबाटै खटिएको टोली जनकपुर आएर परीक्षामा कडाइ गरेपछि विद्यार्थीहरूले विरोध गरेका छन् ।

जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब)मा जारी स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा तथा जनकपुरका विभिन्न कलेजमा सञ्चालित स्नातक तह चौथो वर्षको परीक्षा मर्यादित बनाउन त्रिविका परीक्ष सहनियन्त्रक अखिलेश कुमार सिंह नेतृत्वको टोली जनकपुर आएको हो । केन्द्रबाटै टोली आएपछि परीक्षामा कडाइ गरिएको छ भने अमर्यादित गतिविधि गर्ने परीक्षार्थीलाई धमाधम निष्कासन गरिएको छ ।
परीक्षामा व्यापक कडाइ भएपछि विद्यार्थीहरू विरोधमा उत्रिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Rupse Holidays
Nabil box

शुक्रवार बिहान स्नातक तह चौथो वर्षको परीक्षामा कडाइ गर्नुका साथै केही परीक्षार्थीलाई निष्कासन गरेपछि विद्यार्थीहरूले परीक्षा फाँटमै आएर होहल्ला गरेको स्थानीय पर्यवेक्षक विनोदलाल कर्णले बताए ।

Vianet communication

‘क्याम्पस प्रशासन, केन्द्रीय टोली, स्थानीय टोलीसमेतविरुद्धमा नाराबाजी गर्दै विद्यार्थीहरूको हुलले परीक्षाफाँटमा आएर झडप गर्ने तथा हात हालाहाल गर्ने स्थितिसम्म आइपुग्दा सुरक्षाकर्मीहरूको मद्दतले ज्यान जोगाएँ,’ पर्यवेक्षक कर्णले भने, ‘क्याम्पसमा पढाइ नभएकाले परीक्षा कडाइ गर्नुभएन, चिट चोरी गर्न दिनुपर्‍यो जस्ता कुरा गर्दै हामीविरुद्ध प्रदर्शनमा उत्रिएका थिए ।’

तर विद्यार्थी नेता रोशन मिश्रले भने, ‘परीक्षा कडाइ हुनुपर्छ भन्ने कुराको आफूहरूले विरोध नगरे पनि निजी कलेजहरूमा परीक्षालाई पैसाको चलखेलमा खुकुलो पारिएको र सरकारी कलेजका विद्यार्थीलाई मात्र कडाइ गरिएको छ ।’ सबै परीक्षा केन्द्रहरूमा एकैनासले परीक्षा सञ्चालन हुनुपर्ने उनको माग छ ।

स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षामा राराब कलेजमा समेत परीक्षामा भेदभाव गरिएको विद्यार्थीहरूले आरोप लगाएका छन् । राजनीति विज्ञान विषयको परीक्षामा धनुषाका प्रहरी निरीक्षकदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्मले परीक्षा दिइरहेका उनीहरूलाई छुट्टै ब्लकमा राखेर विषेश सुविधा दिइएको विद्यार्थीहरूको आरोप छ ।

संघीय प्रहरी कार्यालय जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक सुभासचन्द्र चौधरीदेखि प्रहरी निरीक्षक शशि तथा नेकपा एमालेका केन्द्रीय सदस्य श्रीप्रसाद साह लगायतका परीक्षार्थीलाई अलग्गै कोठामा राखेर परीक्षा लिइएकोमा विद्यार्थीहरूले आपत्ति जनाएका छन् ।

क्याम्पस प्रमुख तथा केन्द्राध्यक्ष प्रा.डा. विजयलाल दास विगतमा एउटा बेञ्चमा तीनजना विद्यार्थीलाई राख्ने गरिएको र अहिले दुईजना मात्र राख्दा पहिलेकै ठाउँमा नअटेकाले उनीहरूलाई अर्कै कोठामा राखिएको बताउँछन् ।

भीआईपी परीक्षार्थीलाई अलग सुविधा नदिइएको स्थानीय पर्यवेक्षक कर्णको दाबी छ । ‘हामीले एसएसपी चौधरीलाई पनि अन्य सामान्य परीक्षार्थीजस्तै सबैचेक जाँच गरेर परीक्षामा बसाएका थियौँ, अरु विद्यार्थीहरू जस्तै उनको पनि जुत्तासमेत खोलाएर चिट वा अन्य कागजात छ कि छैन भन्ने कुराको चेकजाँच गरेका थियौं,’ उनले भने ।

शुक्रबारको परीक्षामा अमर्यादित गतिविधि गर्ने ३० परीक्षार्थीलाई निष्कासन गरिएको त्रिवि केन्द्रबाट खटिएका पर्यवेक्षक नवोनारायण झाले बताए । परीक्षाहलमा प्रवेश गर्नुअघि चेकजाँच गरेर जान दिइएको तर, चेतावनी दिँदा पनि अमर्यादित क्रियाकलाप गरिरहेको पाइएपछि कारबाही गरिएको उनको भनाइ छ ।

जनकपुरका निजी कलेजहरूमा पनि परीक्षा मर्यादित बनाउन कडाइ गरिएको त्रिविका परीक्षा सहनियन्त्रक अखिलेश कुमार सिंहले जानकारी दिए । शुक्रबार मात्रै राजर्षीजनक क्याम्पसको परीक्षा केन्द्रमा अमर्यादित क्रियाकलाप गरिरहेका ३ जना परीक्षार्थीलाई निष्कासन गरिएको छ,’ सिंहले भने ।

आज डेढ घण्टाको मात्र परीक्षा भएकाले सबै केन्द्रमा पुग्न नभ्याएको उनले बताए । आफू जनकपुरको परीक्षा मर्यादित बनाउन कफल नै बाँधेर आएको भन्दै उनले मोडल क्याम्पस परीक्षाकेन्द्रमा पनि पुगेर अमर्यादित गतिविधि नियन्त्रण गरेर छाड्ने बताए ।

परीक्षा विद्यार्थीमाथि गरिएको कारबाही र सरोकारवालाहरूको प्रतिक्रिया भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

जेठ ४, २०८१

जनताको सेवाका लागि राजनीति गरेको दाबी गर्ने नेताहरू मन्त्री बनेलगत्तै जीवनशैली बदलेर विलासी बन्न खोज्छन् । २ महिनाअघि सरकारमा सहभागी मन्त्रीहरूले पनि निवासमा विलासिताका सामान जोड्न प्रतिस्पर्धा गरेको पाइएको ...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x