११ असार २०८३, बिहीबार

पाँच बर्षपछि काठमाडौंमा मोनोरेल- यस्तो छ तयारी !

चैत १०, २०७४
पाँच बर्षपछि काठमाडौंमा मोनोरेल- यस्तो छ तयारी !
सन्दर्भ तस्वीर

काठमाडौं, १० चैत– आगामी पाँच वर्षपछि चक्रपथ परिक्रमा मोनो रेलबाट गर्न पाइने दाबी गरिएको छ । लगानीबोर्डको योजनाअनुसार पाँच वर्षमा काठमाडौं मोनो रेलबाट साढे २८ किलोमिटरको चक्रपथ परिक्रम गर्न सकिने गरी प्रक्रिया अघि बढाएको छ।

‘मलेसियाली कम्पनीसँगको सहकार्यमा काठमाडौं मोनो रेल प्रालिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने भएको छ’, ट्रान्सपोर्ट इन्जिनियर आशिष गजुरेलले भने, ‘ डीपीआरका लागि लगानी बोर्डले दुईपक्षीय सम्झौता (एमओयू)को ड्राफ्ट काठमाडौं मोनोरेललाई पठाइसकेको छ ।’

काठमाडौं मोनोरेल प्रालिका डीएन थापा, तारादेवी ढकालसहितको टोलीले डीपीआर बनाउन प्रक्रिया अगाडि बढाइरहेको बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार काठमाडौं उपत्यकाभित्र हाल सञ्चालनमा रहेको कलंकीदेखि कोटेश्वर, चावहिल महाराजगञ्ज हुँदै पुनः कलंकीसम्म पुग्ने सडकमा यस्तो मोनोरेल सञ्चालन गरिने भएको हो ।

यो सडकको बीचबाट रेलको आवश्यक पूर्वाधार बनाइने र रेल कुदाइने भएकाले बोर्डले यसअघि नै सरकारलाई खानेपानीको पाइप राख्दा ध्यान दिन आग्रह गरिसकेको छ । चक्रपथको बीच सडकमै रेलका लागि आवश्यक पूर्वाधार बनाउनुपर्ने भएकाले उक्त रुटमा कुनै अवरोध हुने साधन नराख्न आग्रह गरिएको बोर्डले जनाएको छ ।, अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्