१७ असार २०८३, बुधबार

दर्जनौं विदेश भ्रमण रद्द, मन्त्रिपरिषद्मा पनि घटे भ्रमण प्रस्ताव

चैत १०, २०७४
दर्जनौं विदेश भ्रमण रद्द, मन्त्रिपरिषद्मा पनि घटे भ्रमण प्रस्ताव
सन्दर्भ तस्वीर

काठमाडौ, १० चैत— सरकारले विदेश भ्रमणमा रोक लगाएपछि मन्त्रिपरिषद्मा दर्ता हुने प्रस्ताव ७० प्रतिशतले घटेको छ । 

यसअघि विभिन्न मन्त्रालयबाट मन्त्रिपरिषद्मा एकै दिन ६० देखि ७० वटासम्म प्रस्ताव आउने गरेका थिए । 

त्यसरी आउने प्रस्ताव मध्ये ७० प्रतिशत उच्च पदाधिकारीको विदेश भ्रमण सम्बन्धमा आउने गरेको प्रधानमन्त्री कार्यालयको बैठक शाखाले जनाएको छ । 

केपी ओली प्रधानमन्त्री बनेलगत्तै प्रधानमन्त्री कार्यालयले दुई पक्षीय सन्धि–सम्झौता नेपालको तर्फबाट हस्ताक्षर गर्नुपर्ने कार्यक्रमबाहेक अन्य सबै विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको थियो । 

त्यस अघिसम्म अध्ययन, अवलोकनका नाममा मन्त्रालयका सचिव, सहसचिव, उपसचिव तथा विभिन्न संवैधानिक निकायका प्रमुख, सदस्यहरु तथा उच्चपदस्थ कर्मचारीको भ्रमणको लर्को नै लाग्ने गरेको थियो ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्