
काठमाडौ, १० चैत— संविधान जारी भएको दुई वर्ष बितिसक्दा पनि आधा दर्जनभन्दा बढी संवैधानिक आयोग अझै गठन हुन सकेका छैनन् ।
संविधानमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग, मस्लिम आयोग गठन गर्नुपर्ने उल्लेख छ ।
संघ र प्रदेश सरकारको राजस्व बाँडफाँट गर्ने दाहित्व पाएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कानून निर्माण भए पनि आयोग पदाधिकारी चयन अझै हुन सकेको छैन ।
संवैधानिक परिषद् बस्न प्रधानमन्त्रीको अध्यक्षतामा पाँच सदस्यीय समिति बैठकले आयोग गठनका लागि सिफारिस गर्नुपर्नेछ ।, नयाँ पत्रिकामा खबर छ ।