०२ साउन २०८३, शनिबार

सरकारले घोषणा गरेको दुईवर्षसम्म पनि निःशूल्क औषधि किनेन्

कात्तिक २०, २०७४
सरकारले घोषणा गरेको दुईवर्षसम्म पनि निःशूल्क औषधि किनेन्
लोकान्तर संवाददाता
काठमाडौं, १९ माघ –सरकारले घोषणा गरेको २ वर्षसम्म पनि निःशूल्क औषधि सम्बन्धित जिल्ला र स्वास्थ्य चौकीलाई वितरण नगरेको पाइएको छ । सरकारले २०७१ भदौमा अधिकतम ७० प्रकारका औषधि नि :शूल्क वितरण गर्ने घोषणा गरे पनि २०७३ भदौसम्म ती औषधि भने खरिद नगरेको पाइएको हो ।
सरकारले २०७१ सालमा विभिन्न १३ जिल्लामा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि नि :शूल्क वितरण गर्ने घोषणा गरेको थियो । यसअघि २०६६ सालमै सरकारले नि :शूल्क औषधि वितरण गर्ने घोषणा गरेको थियो ।

स्वास्थ्य मन्त्री थापाको असन्तुष्टि
सरकारले घोषणा गरेको लामो समयसम्म पनि ती औषधि खरिद नगरेकामा स्वास्थ्य मन्त्री गगनकुमार थापाले असन्तुष्टि व्यक्त गरेका छन् । ‘नि :शूल्क औषधि वितरण गर्ने घोषणा गरेको सरकारले २०७३ भाद्र १२ मा पुग्दासम्म केन्द्रबाट औषधि भने किनेको रहेनछ,’ थापाले भने ।

नि :शूल्क औषधि खरिदका लागि प्रत्येक वर्ष बजेट विनियोजन गरे पनि खरिद भने नभएको मन्त्री थापाले बताए । ‘केन्द्रमा पैसा छ तर औषधि खरिद भएको छैन,’ उनले असन्तुष्टि व्यक्त गरे, ‘जिल्लामा न समयमा औषधि जान्छ न समयमा पैसा जान्छ । पैसाको अख्तियारी गएपछि पनि आ।ब।को अन्तिममा मात्र औषधि खरिद प्रकृया शुरु हुन्छ ।’

आफू स्वास्थ्यमन्त्री भएयता नि :शूल्क औषधि वितरणको व्यवस्था मिलाउन पहल गरेको उनको दावी छ ।

स्वास्थ्य मन्त्रालयको खरिद प्रणालीमा नै आमुल सुधार गर्नुपर्छ भनेर लामो समयदेखि थन्किएर बसेको सार्वजनिक खरिद सुधार कार्ययोजना परिमार्जन गर्दै दीर्घकालिन समाधानका लागि काम शुरु गरेको भन्दै उनले भने, ‘अव सार्वजनिक खरिद ऐनको समस्याका कारण औषधि लगायतको खरिदमा समस्या छ भनेर गुनासो गर्ने ठाँउ पक्कै बन्द होला,’ उनले भने ।

औषधि खरिद र वितरणको मोडलमा परिवर्तन आवश्यक रहेको उनको भनाई थियो । ‘हामी औषधि औषधि त भन्छौं । केन्द्रमा औषधि किनेर स्वास्थ्य चौकीसम्म बाँड्ने अनि औषधि कति किनेको, कुन चौकीमा कति भएको नभएको चासो पनि हुने तर यसरी पुगेको औषधि कसले प्रयोग गरिरहेको छ न जानकारी हुने न कसैको चासो हुने,’ उनले थपे, ‘यो तरिकाबाट जति औषधि किने पनि जति औषधि र्पुयाए पनि कहिल्यै पुग्दैन। यो मोडेलमा सुधार नगरिकन हुँदै हुन्न ।’

औषधि खरिद र वितरणका लागि नयाँ मोडलका बारेमा छलफल भइरहेको उनको भनाई छ । बैशाखसम्ममा सम्बन्धित जिल्ला, स्वास्थ्य चौकीमा नि :शूल्क औषधि पु-याइने उनको दावी छ । अहिले पनि १५ दिने सूचना जारी गरेर इमरजेन्सीमा ५ लाखको औषधि खरिद गर्न सकिने उपाय उनले सुझाए ‘जसरी हुन्छ औषधि अभाव हुन नदिनुहोस्,’ उनले निर्देशन दिँदै भने, ‘यति गर्दा पनि औषधिको अभाव हुन्छ र पैसा पुग्दैन भने २४ घण्टा समय राखेर सिधै मन्त्रालयलाई खवर गर्नुहोस २४ घन्टामा कि औषधि पाउनुहुन्छ कि किन्ने पैसा ।’

salt training

कमेन्ट गर्नुहोस्