वियना, १९ माघ– अष्ट्रेलियाको लेकसाइडमा रहेको अल्पाईन होटलमा बिहान काम गर्ने आधा दर्जन कर्मचारीलाई ह्याकरले विद्युतीय ताला लगाएर थुनेका थिए ।
कर्मचारी थुनेपछि ह्याकरले होटललाई इमेल लेखेर कर्मचारीलाई बाहिर निकाल्नको लागि फिरौती मागेका थिए । उक्त होटलमा विद्युतीय ताल्चाको व्यवस्था थियो । ती ह्याकरहरुले होटेलको कम्प्यूटर ह्याक गरेर होटलको ढोका बन्द गरिदिएका थिए ।
यो घटना २२ जनवरीको हो ।
ह्याकरले कर्मचारीलाई छोड्न २ बिटकाइन्स र करिब २ करोड रकम फिरौती मागेका थिए । यदि होटल प्रशासनले एकदिन भित्रमा पैसा नबुझाएमा फिरौती रकम दोब्बर अर्थात ४ करोड हुने ह्याकरले धम्की दिएका थिए ।
होटल प्रमुखका अनुसार इमेलमा ह्याकरहरुले ‘बिटकाइन वालिट’ विवरण समेत दिएका दिए । उक्त एकाउन्टमा फिरौती रकम जम्मा गर्न उनीहरुले भनेका थिए । उक्त होटल १ सय ११ बर्ष पुरानो हो ।
ह्याकरहरुले होटलको विद्युतीय ढोकाहरु बन्द गरेपछि त्यहाँभित्र थुनिएका कर्मचारीले होटल म्यानेजरसँग गुनासो गरेका थिए । होटल रिसेप्सनमा बसिरहेका कर्मचारीले नयाँ साँचो बनाएर ढोका खोल्ने पहल गर्दा पनि सफल भएको थिएन ।
अन्तिममा होटल प्रशासनले ती ह्याकरहरुको माग पूरा गर्ने नै निर्णय गर्यो ।
सुरक्षा विज्ञले यो घटनालाई नयाँ किसिमको पाइरेसी अपराध भएको बताए । यसमा ह्याकरले रैंसमवेयर नामक सफ्टवेयरको प्रयोग गरेका थिए । यस्ता ह्याकरहरु प्रायः रुस र पूर्वी युरोपमा सक्रिय छन् ।
प्रहरीका अनुसार यी अपराधीहरु धेरैजसो बिटकाइनमा फिरौती रकम माग्ने गर्छन् । बिटकाइन एक डिजिटल करेन्सी हो र यसलाई खोल्न निकै गाह्रो हुने गर्छ ।
यस्ता प्रकारको ह्याकमा पीडितको समक्ष एक इमेल आउने गर्छ । यसमा एक लिंक हुने गर्छ जुन रैंसमवेयर नामका सफ्टवेयरको प्रयोग हुने गर्छ ।
यस सफ्टवेयरको मद्दतबाट कुनै पनि कम्पनीको कम्प्यूटरको फाइलमाथि नियन्त्रण राख्न सकिन्छ । कम्पनीले फिरौती रकम नदिएसम्म उनीहरुले उक्त लक खुलाउँदैनन् ।
पछिल्लो १५ बर्षदेखि साइबरक्राइम सम्बन्धी जाँच गरिरहेका एक अधिकारीले यस प्रकारको साइबरक्राइम धेरै बढ्दै गएको र इन्टरनेटको मद्दतबाट कुनै पनि चीजको स्वीच अन र अफ गर्न सकिने हुँदा ह्याकरहरु निकै सक्रिय भइरहेको बताए ।
एजेन्सी