काठमाडौं, १० चैत–लाजिम्पाटमा सडकको दायाँबायाँ वृक्षारोपण गरिएको छ । वृक्षारोपण कार्यक्रमको शुभारम्भ रक्षा मन्त्री ईश्वर पोखरेलले गरेका थिए ।
काठमाडौं महानगरपालिकाको वडा नम्बर दुईले लाजिम्पाटको होटल एम्वेस्डरदेखि होटल सांग्रिलासम्मको सडकको दायाँ बायाँतर्फ साकुरा प्रजातिको विरुवा बृक्षारोपण गरेको हो । कार्यक्रममा गरिमा विकास बैंकले सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत समय समयमा विभिन्न सामाजिक कार्यक्रमहरुको आयोजना गर्नुका साथै सामाजिक क्रियाकलापहरुमा विभिन्न संघ संस्थाहरुसंग हातेमालो गर्दै आईरहेको छ ।
बैंकले आफ्नो केन्द्रिय कार्यालय पोखराबाट काठमाण्डौंमा स्थानान्तरण गरे लगत्तै “आफ्नो टोल आफै सफा गरौ”भन्ने नाराका साथ लाजिम्पाटको होटल एम्वेस्डरदेखि पानीपोखरी सम्मको सडक सरसफाई कार्यक्रम सम्पन्नगर्नुका साथै ११ औं बार्षिकोत्सवको अवसरमा काठमाण्डौंको पशुपति मन्दिर आसपासको सडकमा बस्ने अति बिपन्न व्याक्तिहरु, लगायत चितवन, तनहुं, स्याéजा, म्याग्दीका विभिन्न आश्रमहरुका बस्ने जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको थियो ।
यस विकास बैंकले व्यावसायको विस्तारको तीब्रता संगसंगै समाजिक उत्तरदायित्व अन्र्तगत वातावरण संरक्षणसंग सम्बन्धित क्रियाकलापहरुलाई प्राथमिकता दिदै छ । काठमाण्डौ विषेश गरेर मेलम्चिको पाईप राख्ने क्रममा लगभग ९५० कि.मी वाटो खनी यस्त्र तत्र धूलो भएका कारण महानगरवासी लगायत संसारवाट आउने पर्यटकहरु यसको शिकार भएका कारण हामी सवै संघ सस्था तथा व्यक्तिहरु यस महानगरको हरियाली तथा सरसफाईमा केही लगानी गरेर समाजिक उत्तरदायित्व अन्र्तगत गरिने खर्च अति उपयोगि र अति आवश्यक रहेको वैंकको वूझाई छ ।
यसमा सम्वन्धित निकाय अर्थात महानगरपालिकाको ध्यान जाओस् र एक मात्र महानगरपालिकाले महानगरको सरसफाई राख्न नसक्ने भएकाले हामी जस्ता संघ सस्थाहरु लगायत नगरवासी आ आफैको उत्तरदायित्व रहेको र यसमा महानगरपालिकाले नीतिगत व्यवस्था ल्याएर “आफ्नो टोल आफै सफा गरौ”हरियाली महानगरपालिका वनौ भन्ने नारा सहितको कार्ययोजना तत्काल ल्याई दिन पनि अनूरोध गर्दछ ।
जसले मात्र यो महानगर सफा रहन सक्ने अन्यथा अझ जटील अवस्थाआई आम नगर वासीको स्वस्थ्यमा अति हानी नोक्सानी पुराउने ठम्माई छ साथै यो कार्यक्रम लोकप्रियताकालाई नभएर जनचेतनामुलक अति महत्वपूर्ण कार्यक्रम भएको आम नगरवासिले वूझी आ आफ्नै वडावासी दाजु भाई दिदी वहिनीहरु स्वत स्फुर्त लागि स्वच्छ हावा लिन पाउने वनौ भन्ने भएको व्यहोरा पनि सादर अनूरोध छ ।
गरिमाविकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाण्डौंको लाजिम्पाटमा केन्दीयकार्यालय रहेको यस विकास बैंकको हाल देशभर ४९ शाखा र १२ वटा एटीएम संचालनमा छन । विकास बैंकले छिट्टै प्रदेश नम्बर १ कामोरङ्ग, झापा र सुनसरीमागरि १० वटा शाखाकार्यालय स्थापनागर्दै छ । विकास बैंकले हालकरिब १८ अर्ब २० करोेड निक्षेप संकलनगरि १६ अर्ब ६५ करोड कर्जा लगानी गरेको छ ।