काठमाडौं १९ माघ - झण्डै एक बर्षको अन्तरालपछि नेपाली काग्रेसका नेता एवं सासंद नरहरि आचार्य बुधवार संसदको बैठकमा सहभागि हुने भएका छन् ।
आचार्यकी पत्नी शारदा शर्माले सामाजिक सञ्जाल फेसबुकका फोटो पोष्टगर्दै आचार्य आज संसदको बैठकमा जान लागेको जानकारी गराएकी हुने ।
विसं २०७२ माघ २६ गते नेपाली काग्रेसका तत्कानि सभापति सुशील कोइरालाको निधनसँगै अचानक अचेत भइ विरामी भएका आचार्य त्यसयता संसदको बैठकमा सहभागि भएका थिएनन् । स्वास्थ्यमा सुधार आएपछि आचार्य बुधवार संसदको बैठकमा सभागि हुन लागेका हुन् ।