०१ असार २०८३, सोमबार

गाई काटेको आरोपमा ७० वर्षीय वृद्धसहित चार जना पक्राउ

गाई काटेको आरोपमा  ७० वर्षीय वृद्धसहित चार जना पक्राउ
सन्दर्भ तस्वीर

कपिलवस्तु, ११ चैत- यहाँको विजयनगर गाउँपालिका–४ ज्योतिनगरबाट गाई काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । 

रातको समयमा गाउँमा गाई काटेको सुराकीका आधारमा प्रहरीले स्थानीयवासी ७० वर्षीय हुमबहादुर रानालाई करीव ३० किलो मासुसहित पक्राउ गरेको हो । रानासँग धेरैे मासु फेला परेपछि केको मासु हो भनेर सोधपुछ गर्दा गाईको मासु भएको रानाले स्वीकार गरेपछि यो तथ्य बाहिर आएको हो ।

राना पक्राउ परेको एक दिनपछि गाई काट्नमा सहयोग गरेको भन्दै सोही गाउँबाट शनिबार अन्य तीन जनालाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । 

शनिबार पक्राउ पर्नेमा कुमारी घर्ती, रामकुमारी घर्ती र कुन्ती थापा रहेको गणेशपुर इलाका प्रहरी कार्यालयका प्रमुख खिमबहादुर घमले जानकारी दिनुभयो । पक्राउ परेकालाई कृष्णनगर प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्