०५ असार २०८३, शुक्रबार

१५१ रोपनीमा नयाँ संसद् भवन

चैत ११, २०७४
१५१ रोपनीमा नयाँ संसद् भवन

काठमाडौँ, ११ चैत -  सहरी विकास मन्त्रालयले संघीय संसद् भवन बनाउन तीनवर्षे कार्ययोजना बनाएको छ, कान्तिपुरमा खबर छ । सिंहदरबारको पूर्वोत्तरतर्फको १ सय ५१ रोपनी क्षेत्रफलमा संघीय संसद् भवन बनाउने सरकारको निर्णयअनुसार  कागजी प्रक्रिया पूरा गर्न ११ महिना र निर्माण पूरा गर्न दुई वर्ष लाग्ने कार्यावधि कार्ययोजनामा तोकिएको छ । मन्त्रालयले उक्त कार्ययोजना छलफलका लागि संसद् सचिवालय पठाएको छ । ‘कार्ययोजना आएको छ,’ सचिवालयका सहसचिव रोजनाथ पाण्डेले भने, ‘छलफल गरेर काम अघि बढाउँछौं ।’

salt training

कमेन्ट गर्नुहोस्