२५ असार २०८३, बिहीबार

फ्रान्सेली कम्पनी एसएएसले रु. १० का २४ करोड थान नोट छाप्ने

कात्तिक २०, २०७४
फ्रान्सेली कम्पनी एसएएसले रु. १० का २४ करोड थान नोट छाप्ने
लोकान्तर संवाददाता
काठमाडौं, १९ माघ –फ्रान्सेली कम्पनी ओवरर्थर फिडुसियारे एसएएसले नेपाली १० रुपैयाँको २४ करोड थान नयाँ नोट छाप्ने जिम्मा पाएको छ । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग, थापाथलीका अनुसार उक्त कम्पनीलाई नेपाली १० रुपैयाँका उक्त परिमाणका नयाँ नोटको डिजाइन, छपाई तथा आपूर्ति गर्न दिने सम्झौता भएको छ ।
बैंकले यही माघ १३ गते नोट छपाईका लागि उक्त कम्पनीसँग ३० लाख ६४ हजार ८ सय युरोको खरिद सम्झौता गरेको हो ।
बैंकले गत मंसिर ३ गते सार्वजनिक सूचना जारी गरी बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमा आवेदन दिएका कम्पनीमध्ये सबैभन्दा थोरै रकममा बोलपत्र पेस गर्ने उक्त कम्पनीलाई नोट डिजाइनिङ, छपाई र आपूर्तिको जिम्मेवारी दिइएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्