२४ जेठ २०८३, आइतबार

रनर मोटरसाइकल नेपालमै बन्ने

चैत ११, २०७४
रनर मोटरसाइकल नेपालमै बन्ने

काठमाडौँ, ११ चैत - रमन मोटर्सले आगामी वर्षदेखि नेपालमै रनर ब्रान्डका मोटरसाइकल उत्पादन गर्ने भएको छ । कम्पनीले सन् २०१९ भित्रमा रनर मोटरसाइकलको एसेम्बलिङ सुरु गर्ने जनाएको छ । सुरुमा एसेम्बलिङ प्लान्ट राख्ने र त्यसको केही वर्षमा उत्पादन प्लान्ट नै यहीँ राख्ने योजना छ । एसेम्बलिङ प्लान्ट राख्नका लागि सम्भाव्यता अध्ययन सुरु भइसकेको कम्पनीले जनाएको छ । 

नेपालमै मोटरसाइकल उत्पादन गर्ने उद्देश्यका साथ जग्गा खोज्नेलगायत अन्य सम्भाव्यता अध्ययनको काम सुरु गरिएको रमन मोटर प्रालिका प्रमुख कार्यकारी अधिकृत रमन महतोले जानकारी दिए ।
 'हामीले ८ महिना पहिले बंगालादेशी मोटरसाइकल रनर नेपाल भित्र्याएका हौं,' उनले भने, '२ वर्षभित्रमा यो ब्रान्डलाई स्थापित गर्ने र त्यसपछि सामान्य एसेम्बलिङ सुरु गर्ने हाम्रो लक्ष्य हो ।'
 २०१८ को अन्त्य वा २०१९ को सुरुदेखि सामान्य एसेम्बलिङको काम सुरु गरिने जानकारी महतोले दिए । रमन मोटर बंगलादेशी मोटरसाइकल उत्पादक कम्पनी रनरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता हो, कारोबार दैनिकमा खबर छ  । 

salt training

कमेन्ट गर्नुहोस्