०४ असार २०८३, बिहीबार

बन्दीको भत्ता दोब्बर बढाउन प्रस्ताव, अहिले कति पाउँदै आएका छन् ?

चैत ११, २०७४
बन्दीको भत्ता दोब्बर बढाउन प्रस्ताव, अहिले कति पाउँदै आएका छन् ?

काठमाडौँ, ११ चैत - सरकारले अदालतबाट दोषी ठहरिएका र पुर्पक्षका क्रममा रहेका कैदी-बन्दीको दैनिक भत्ता रकम र रासन बढाउने भएको छ । दैनिक रुपमा दिइँदै आएको ७ सय ग्राम चामल र ४५ रुपैयाँ नगदलाई बढाएर क्रमशः १ केजी चामल र ७५ रुपैयाँ नगद पुर्याउन गृह मन्त्रालयले प्रस्ताव गरेको हो, कारोबार दैनिकमा खबर छ  । 
यो निर्णय कार्यान्वयनमा आए प्रतिकैदी वार्षिक १ सय ९ केजी चामल र करिव ११ हजार रुपैयाँ भत्ता थपिने छ । अहिले प्रतिकैदी वार्षिक  २ सय ५५ केजी चामल र १६ हजार ४ सय २५ रुपैयाँ रकम उपलव्ध हुँदै आएको छ ।
कारागार नियमावली २०२० को नियम २३ अनुसार अदालतबाट दोषी ठहरिएका तथा पुर्पक्षका क्रममा रहेका कैदीबन्दीलाई दैनिक जीवीकोपार्जनका लागि नगद तथा रासन उपलव्ध गराइने व्यवस्था छ । कारागार नियमावलीको सोही व्यवस्था अनुसार सरकारले अहिले प्रतिबन्दी दैनिक ४५ रुपैयाँ र ७ सय ग्राम चामल उपलव्ध गराउँदै आएको छ । कैदीका लागि दिइने भत्ता चामलको यो अनुपात २०६४ सालमा कायम गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्