०६ असार २०८३, शनिबार

तीन वर्षमा सात प्रजातिका चरा थपिए

कात्तिक २०, २०७४
तीन वर्षमा सात प्रजातिका चरा थपिए
लोकान्तर संवाददाता
रत्ननगर, चितवन, १९ माघ –चितवनको सिमसार क्षेत्रमा चराको प्रजाति थपिँदै गएको छ । तीन वर्षको अन्तरालमा मात्रै यहाँ सात प्रजातिका चरा थपिएको हो ।
चराको बासस्थान राम्रो हुँदै गएकाले यसरी चराको प्रजाति बढ्दै गएको हो । तीन वर्षअघि ४७ प्रजातिका चरा फेला परेकामा हालै गरिएको अनुगमनमा ५४ प्रजातिका चरा भेटिएको बर्ड एजुकेसन सोसाइटी चितवनले जनाएको छ ।

यो वर्षमात्रै चितवनको सिमसार क्षेत्रमा चार प्रजातिको चरा थपिएको छ । अघिल्लो वर्षको अनुगमनमा चितवनको सिमसार क्षेत्रमा ५० प्रजातिका चरा पाइएको थियो । तीन वर्षअघि ४७ प्रजाति भेटिएको थियो । तर यो यसपटकको अनुगमनमा ५४ प्रजातिका चरा भेटिएको बर्ड एजुकेसन सोसाइटीका निवर्तमान अध्यक्ष वासु बिंडारीले जानकारी दिए ।

चराको सङ्ख्या भने घटेको छ । यो पटकको अनुगमनमा पाँच हजार ६ सय ५९ वटा पानीमा आश्रित चरा फेला परेको र सिमसार क्षेत्रभरि गरेर कुल १० हजार ३२ चरा गणना गरिएको सोसाइटीका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिए । अघिल्लो वर्ष सिमसार क्षेत्रमा ११ हजार २ सय ६० वटा चरा भेटिएको थियो ।

कुल सङ्ख्या घटेको तर चराको प्रजाति भने वृद्धि भएको पाइएको बर्ड एजुकेसन सोसाइटीको भनाइ छ । गत वर्षको तुलनामा चखेवाको भने राम्रो वृद्धि भएको पाइएको सोसाइटीले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ जसअनुसार चखेवा गएको वर्षमा दुई हजार ४ सय ६८ वटा भेटिएकामा यसपटक दुई हजार ९ सय ०५ वटाको अभिलेखीकरण गरिएको छ ।

चराको अवस्था र बासस्थानको अवस्था पत्ता लगाउन चितवनमा हालै चरा गणना गरिएको थियो । जिल्लामा चराको सङ्ख्या ६ सय ३४ पुगेको छ ।

नेपालमा ८ सय ८७ प्रजातिका चरा छन् । नेपालमा पाइने चरामध्ये अधिकांश चितवनमा देखिएकाले यहाँ चरा पर्यटन फस्टाउन सक्ने चराविज्ञ टीका गिरीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्