
काठमाडौं, ११ चैत– उच्च अदालतको आदेशपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले चैत १४ गतेका लागि तोकिएको साधारण सभा स्थगित गरेको छ ।
उच्च अदालत पाटनको आदेश अनुसार साधारण सभा स्थगित गरिएको हो । एन्फाका महासचिव धिरेन्द्र प्रधानले आइतबार विज्ञप्ती जारी गर्दै साधारण सभा स्थगित गरिएको जानकारी दिएका छन् ।
एन्फामा आवद्ध भक्तपुर र मकवानपुर फुटबल संघले आफूहरुलाई सहभागी नै नगराइ एन्फाले साधारणसभा गर्न लागेको भन्दै रिट जारी गरेपछि उच्च अदालत पाटनले उनीहरु सभागी हुने अवस्था नबनेसम्म साधारण सभा नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो । एन्फामा अहिले ४५ जिल्लाका फुटबल संघ आवद्ध छन् ।