०५ असार २०८३, शुक्रबार

फोरमको प्रदेश नं २ प्रमुख सचेतकमा यादव

फोरमको प्रदेश नं २ प्रमुख सचेतकमा यादव

जनकपुरधाम, ११ चैत - संघीय समाजवादी फोरम नेपाल प्रदेश नं २ को संसदीय दलको प्रमुख सचेतकमा शैलेन्द्र यादव नियुक्त भएका छन्  । 

सो दलका प्रदेश नंं २ का संसदीय दलका नेता एवं मुख्यमन्त्री लालबाबु राउतले यादवलाई आज प्रमुख सचेतकमा नियुक्त गरेका हुन्  । यादव धनुषा निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । 

मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले यादवलाई प्रमुख सचेतकमा नियुक्त गरिएकोबारे प्रदेशसभा सचिवालयलाई आज जानकारी गराइएको बताए  । 
 

salt training

कमेन्ट गर्नुहोस्