
विराटनगर, १२ चैत– सुनसरीमा भएको आगलागीमा परी एकजनाको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन् ।
कोसी गाउँपालिका १ स्थित लौकही पट्रोल पम्प नजिकै बस्ने विन्देश्वर मलिकको घरमा आगलागी भएको हो । आगोमा परी विन्देश्वरका १२ बर्षिय छोरा सुरज मालिकको मृत्यु भएको छ ।
त्यस्तै ४० बर्षिय विन्देश्वर र उहाँकी श्रीमती ३५ बर्षिय सविता मलिक घाइते भएका छन् । गएराति घरमा बालेको घुरबाट अचानक सल्केको आगोले उनीहरुको ३ वटा घरसँगैे सम्पूर्ण सामान जलेर नष्ट भएको छ।
मृतकको शव ईनरुवा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। घाइते दुवैजनाको जिल्ला अस्पताल ईनरुपामा उपचार भइरेहको छ । आगलागी दमकल नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।