०१ असार २०८३, सोमबार

ईयूलाई प्रतिवेदन सच्याउन निर्देशन

चैत १२, २०७४
ईयूलाई प्रतिवेदन सच्याउन निर्देशन

 काठमाडौं, १२ चैत- प्रधामन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको मर्म र भावनाविपरीत युरोपियन युनियनले तयार गरेको निर्वाचन पर्यवेक्षण प्रतिवेदन सच्याउन आग्रह गरेका छन् ।

आइतबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले राजधानीमा गरेको पर्यवेक्षण मूल प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीले ईयूलाई प्रतिवेदन सच्याउन आग्रह गरेका हुन् ।

‘ईयूको प्रतिवेदन नेपालको संविधानको भावना, मर्म र प्रावधानलाई होच्याउने गरी आएको छ, नेपाली जनताले समेत ईयूले होच्याएको महसुस गरेका छन् । सो प्रतिवेदन सच्याउन म ईयूलाई विनम्रतापूर्वक आग्रह गर्छु,’  प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले ईयूले सार्वजनिक गरेको प्रतिवेदनले नेपालको सार्वभौम सत्ताको समेत अपमान गरेको बताए । उनले संविधानमार्फत प्राप्त उपलब्धिहरूलाई कार्यान्वयन गर्ने क्रममा मुलुक अघि बढिरहेको अवस्थामा पूर्वाग्राही ढंगबाट प्रतिवेदन आएको समेत दाबी गरे । आजको राजधानी दैनिकमा खबर छापिएको छ  ।

salt training

कमेन्ट गर्नुहोस्