२३ असार २०८३, मंगलबार

१ लाख ७ हजार कर्मचारी आवश्यक, कुन तहमा कति ?

चैत १२, २०७४
१ लाख ७ हजार कर्मचारी आवश्यक, कुन तहमा कति ?
सन्दर्भ तस्वीर

काठमाडौं, १२ चैत– सरकारले संघ, प्रदेश र स्थानीय तहमा गरी कुल १ लाख ७ हजार ६ सय ६५ कर्मचार िआवश्यक पर्ने निष्कर्षसहित दरबन्दी तयार पारेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अन्य मन्त्रालयका अधिकारी सम्मिलित टोलीले तीनै तहको कार्य सञ्चालन प्रभावकारी बनाउन तत्काल १ लाख ७ हजार ६ सय ६५ कर्मचारी आवश्यक भन्दै दरबन्दीको प्रारूप तयार पारेको हो । 

सरकारले पछिल्लो पटक तयार पारेको कर्मचारी नयाँ दरबन्दी अनुसार अब केन्द्र सरकार र त्यसअन्तर्गतका कार्यालयमा गरी ३६ हजार ८ सय ४५ कर्मचारी रहनेछन् भने प्रदेश सरकार र त्यस अन्तर्गतका कार्यालयमा १६ हजार ४ सय २८ कर्मचारी रहने छन् । सबैभन्दा बढी कर्मचारी स्थानीय तहमा रहनेछन् । 

स्थानीय तहमा ५४ हजार ३ सय ९२ कर्मचारी आवश्यक पर्ने स्थानीय तहको दरबन्दी संरचना तयार पारिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।, अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्