२५ जेठ २०८३, सोमबार

किन बढी देखियो विद्यालय जाने बालबालिकामा मिर्गौलाको समस्या ?

चैत १२, २०७४
किन बढी देखियो विद्यालय जाने बालबालिकामा मिर्गौलाको समस्या ?

काठमाडौंँ, १२ चैत– विद्यालय समयमा आफ्ना छोराछोरीले कति पानी पिए? दिनभरमा कतिपटक पिसाब गरे? भन्ने जानकारी अभिभावकले थाहा पाउनुपर्ने भएको छ । 

जबसम्म विद्यालय पढ्ने छोराछोरी बिरामी पर्दैनन् तबसम्म अभिभावकलाई यसबारे कुनै जानकारी हुँदैन । तर, चिकित्सकले विद्यालय जाने छोराछोरीको दिनचर्या र उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सल्लाह दिएका छन् । 

विद्यालयमा अध्ययन गर्ने बालबालिकामा मिर्गौलाको समस्या बढी देखिएपछि चिकित्सकले यस्तो सल्लाह दिएका हुन् । निजी विद्यालयमा अध्ययन गर्ने ६ देखि १० वर्ष उमेर समूहका बालबालिकामा पिसाबको बढी समस्या देखिएको काठमाडौं मेडिकल कलेजका डा. सुनिलराज मानन्धरले जानकारी दिए । 

उनका अनुसार बालबालिकालाई पिसाब लागेको ३० मिनेटभित्र गराइसक्नु पर्छ डा. मानन्धरले कतिपय बोर्डिङ स्कुलले जनमानसमा राम्रो देखाउने नाममा विद्यार्थीलाई टिफिन समयअघि निस्कन नदिने हुँदा बालबालिकामा स्वास्थ्य समस्या देखिएको बताए । नयाँ पत्रिकामा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्