लोकान्तर संवाददाता
काठमाडौं, १९ माघ –महिन्द्रा टु–व्हीलर्स् लिमिटेडले दशैं स्किमको बम्पर बिजेतालाई ५ लाख रुपैयाँ नगद उपहार प्रदान गरेको छ ।

लिमिटेडको आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरको विक्री वितरण गर्दै आइरहेको अग्निमोटो इन्क प्रालिले बुधवार दशैं क्याम्पेन अन्तर्गत ल्याएको ‘महिन्द्रामा यसपालि, लखपति बनौं दुई ताली’ नामक स्किमको महाविजेता गरेको थियो ।
झापा विर्तामोडस्थित साई अटोमोबिल्स प्लाजा प्रालि अन्तर्गतका ताप्लेजुङका हरि खतिवाडाले उक्त महाविजेता जित्न सफल भए । उनलाई ५ लाख रुपैयाँ नगद उपहार समेत प्रदान गरियो ।
स्किम अनुसार स्क्रयाच् कार्ड मार्पmत उनले सो धनराशि जितेका हुन् ।